राजनीति

कम्युनिष्टले मुलुक उथलपुथल पारे, काँग्रेस जसरीपनि एकढिक्का पारौंः डा. महत

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले आधुनिक नेपाल निर्माणको मुख्य अधियान्ता पूर्ब प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला भएको जिकिर गरेका छन् । पूर्बअर्थमन्त्री समेत रहेका डा. महतले काँग्रेस ईतिहास बोकेको पार्टी भएपनि अहिलेको जस्तो कमजोर अवस्थामा आफूले कहिल्यै नदेखेको विचार ब्यक्त गर्दै वपार्टीलाई जसरी हुन्छ काँग्रेसलाई शुद्धीकरणको दीशामा लानुपर्ने समय आएके बताएका छन् ।

काँग्रेस महासमति बैठकको उद्घाटन कार्यक्रममा बोल्दै शुवर्ण शम्शेर र गणेशमानले तत्कालीन राजाले दिएको प्रधानमन्त्री पद अश्विकार गरेको घटना स्मरण गर्दै कम्युनिष्टहरुले अर्थब्यवस्थालाई उथलपुथल पारेका कारण सबै एक ढिक्का हुनुपर्ने विचार ब्यक्त गरेका छन् । काँग्रेस पुर्ब शक्तीसाली सभापति समेत रहेका स्व. गिरिजा प्रसाद कोईराला जस्तो तरिकाले नेतृत्व हाँक्नुपर्ने नेता डा. महतको जिकिर छ ।