राजनीति

काँग्रेस महासमतिले तात्यो काठमाण्डौ, देशभरका आशालाग्दा नेताहरुको देखियो बैचारिक भीड

काठमाण्डौ । नेपाली काँग्रेसको महासमिति बैठकका लागि काठमाण्डौ तातेको छ । १६ भन्दा बढी महासमिति सदस्यहरु बग्गीखाना स्थीत महासमिति बैठक स्थलमा जम्मा भएका छन् । काठमाण्डौका बिजुलीका पोलमा काँग्रेसको चारतारे झण्डा टाँगिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गरेका छन् । पार्टीका केन्द्रीय सदस्यहरु तथा अमेरिका, वेलायत, जर्मनी, अष्ट्रेलीया, भारत, चीन लगायत बिदेशस्थीत जनसम्पर्क समतिबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरुको पनि उपस्थिति भईसकेको नेपाली काँग्रेसले जनाएको छ । सिंहदरबारको मुख्यगेट अगाडि पर्ने ट्राफिक प्रहरी कार्यालय छेउको पार्टी प्यालेसमा उक्त भेला भएकोले पनि सर्बसाधारणहरुलाई नहेरी नहुने जस्तो देखिएको छ ।

काँग्रेस केन्द्रीय समतिले पािस गरेका उपसभापति बिमलेन्द्र निधिको संयोजकत्वले तयार गरेको राजनीतिक प्रस्ताव, महामन्त्री डा. शसाँक कोईरालाको साँगठनीक प्रस्ताव र कोषाध्यक्ष सीतादेबी यादबले आर्थिक प्रस्ताव पेश गरी पास गर्नुपर्ने छ  भने अर्कातिर महामन्त्री पूर्णबहादुर खड्काले तयार पार्नुभएको विधान संसोधन र सहमहामन्त्री डा. प्रकाशसरण महतले तयार पारेको प्रतिबेदनलाई पास गर्ने महासमतिको तयारी छ ।

आज उद्घाटन भएको महासमिति बैठक पौष ३ गतेसम्म चल्नेछ भने महासमति बैठकमा देशभरबाट आएका काँग्रेस नेताहरुको उपस्थिति देखिएको छ । काँग्रेसले महासमतिति बैठकले पार्टीलाई नयाँ उर्जा दिने बताएको छ । भने काँग्रेस महासमति बैठकलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा महत्वका साथ हेरिएको छ । ६ बर्षपछि हुन लागेको महासमिति बैठकमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शसाँक कोईरालाका पद बढाउने प्रस्तावहरु आआफ्नै खाल्का अँएका छन् । प्रस्तावहरुलाई आन्तिरिक छलफल गरेर पद बढाउने बिषयमा सहमती गराउने सम्भाबना बलियो छ ।

 

स्थतानीय तह, प्रदेश र केन्द्रमा हार ब्यहोरेर कमजोर बनेको काँग्रेसका लागि महासमिति पार्टीलाई गुटबिहीन बनाउन, पुनःर्जिवित बनाउन उजावान हुने आँकलन गर्नु अत्युक्ती नहोला । आज उद्घाटन भएके बैठक भोलीबाट ३ गतेसम्म बन्दशत्रमा जानेछ । सबै महासमतिलाई खानाको ब्यवस्था भएपनि बस्ने भने आ-आफुले गर्नुपर्ने ब्यवस्था छ । काँग्रेसले खर्चका लागि कसैसंगपनि चन्दा नउठाएको राजनीतिक दलका लागि उदाहरणका रुपमा देख्न सकिन्छ ।