कृषि

मेहेनती कृषकलाई २० हजारसहित सम्मान

कास्की । पोखरा महानगरपालिका–५ वडा कार्यालयले वडाका आठ मेहेनती कृषक तथा कृषि उद्यमीलाई नगदसहित सम्मान गरेको छ ।

तरकारी खेती गर्ने चार, पशुपालक किसान दुई र उद्यमी व्यावसायिक किसान दुई गरी वडाले आठ जनालाई शुक्रबार जनही रु २० हजार नगद तथा प्रशंसापत्रका साथ सम्मान गरेको हो ।

सम्मानित हुनेमा दवाडी कृषि फार्मका नवराज दवाडी, अञ्जली एग्रो फार्मका अञ्जली खत्री, श्रेष्ठ एग्रो फार्मका बसन्तप्रसाद श्रेष्ठ, आचार्य, एग्रो फार्मका मीनादेवी आचार्य रहेकीछन् ।

त्यसैगरी आचार्य एग्रोफार्मका तिलकनाथ आचार्य, शुभकामना चाउमिन उद्योगका जितेन्द्र विक, विष्मिता पशुपालन तथा कृषि फार्मका विशाल पौडेल र सापकोटा फार्म हाउसका शुक्रमणि सापकोटा छन् ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उत्पादनमार्फत कृषि कार्य गर्दै स्वरोजगार तथा रोजगारी सिर्जना गर्नेलाई सम्मान गर्ने महानगरको नीति रहेकाले यसलाई निरन्तरता दिइने बताए ।

‘कृषि तथा उद्योग व्यवसायको प्रवद्र्धन गरौँ, आत्मनिर्भरता र स्वरोजगारको वृद्धि गरौँ’ भन्ने अभियानका साथ सम्मान कार्यक्रम गरिएको वडाध्यक्ष धनबहादुर नेपालीले बताए ।