समाचार

भीरबाट ४०० मिटर ट्रक खस्दा १८ जनाको मृत्यु, त्यती नै संख्यामा घाईते (अपडेट)

विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । गाडीमा ४० जना भन्दा बढी यात्रु रहेको बताइएको छ । गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए ।