उर्जा

उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध !

बाजुरा । सदरमुकाम मार्तडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । दुई सय किलोवाट क्षमताको बाजुरा साना जलविद्युत् आयोेजनाको उपकरणमा खराबी आएपछि तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध छ ।

विसं २०४६ मा निर्माण भएको उक्त साना जलविद्युत् आयोजनाको उपकरणमा बारम्बार समस्या आउने गरेको व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए । “एक हजार ८०० भन्दा बढी सेवाग्राही अन्धकारमा बस्न बाध्य छन्,” उनले भने । उपकरण नबनाउँदासम्म सानो यन्त्र प्रयोग गरेर आंशिकरुपमा विद्युत् सेवा प्रवाह गरिने पण्डितले बताए । उक्त आयोजना १० वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दैआएको छ ।