आर्थिक

सानिमा बैंकको १४ औं साधारण सभा सम्पन्न, १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने

कठमाडौँ । सानिमा बैंक लिमिटेडको १४ औ वार्षिक सधारण सभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सधारण सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्तापँुजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्तावपारित गरेको छ ।

साथै, सर्वसाधारण समूह (समूह“ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरेलाई निर्बिरोध निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७४/७५मा खुद नाफा रु १.७० अरव मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु ९१.८२ अर्ब, कुल निक्षेप रु ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद रु ६९.२४ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।