पत्रपत्रिका

नेपालको इतिहासमै पहिलो रेकर्ड, ११ महिनामा १० लाख पर्यटकले नेपाल घुमे

काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरे।

अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो । सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेको आजको कारोबार दैनिकमा यो खबर प्रकाशित छ ।