सुदूरपश्चिम

दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका –२ साँडेपानीमा बिहिबार राति जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। थप एक जना गम्भिर घाइते भएका छन् ।

 दुर्घटनामा परि मोटरसाईकलमा सवार कैलालीको बर्दगोरिया गाँउपालिका बैनियाका ३२ वर्षीय चक्र बमको मृत्यु भएको हो। दुर्घटनामा सोहि ठाउँका भजन सुनार गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख  प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिए। गम्भिर घाइते सुनारलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

पश्चितमबाट पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जीप एक आपसमा ठोकिदा दुर्घटना भएको इप्रका सुखडले जनाएको छ।

जीप चालक घोडाघोडी नगरपालिका –३ जुरपानीका वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।