खेलकुद

मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने

काठमाडौँ । एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ ।

बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल बक्सिङ सङ्घको तत्वाधानमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९ र ७५ केजी गरी कूल नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारतको हरियाणा र भुटानको राष्ट्रिय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ‘ए’ र ‘बी’ गरी दुई टोलीको सहभागिता रहने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्नेले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन् । २०७२ सालको भूकम्पमा परी इन्द्रमाया महर्जनको निधन भएको थियो ।