आर्थिक

मह सञ्चारको “दाल भात तरकारी”मा शिवम् सिमेन्टको सहकार्य

काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट र मह सञ्चारका विचमा मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारको तर्फबाट हरिबंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहित बंश आचार्य लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । उक्त चलचित्र आगामी बैशाखमा रिलिज हुन गइरहेको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के.सी., शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियांका कार्की, बर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको निर्देशन शुदन के.सी. ले गर्नु भएको छ ।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप मोनोरञ्जनको मामलामा नो कम्प्रोमाईज भन्दै शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप आज शिवम् सिमेन्ट र मह संचार विच आगामी चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण के.सी. ले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्राण्डको सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताउनु भयो । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गर्नुभएको थियो ।
शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाईज को नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
“गुण्स्तरको पहिचान हो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “गुणस्तरको को मामलामा नो कम्प्रोमाईज ”, तथा “अटुट compressive strength +” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ, जस्तै ः काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी । ISO: 9001, ISO:14001, OHSAS:18001, ISI, URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।