राजनीति

ढकालको क्रिश्चियन संस्थालाई प्रतिबन्ध लगाउन गगनको माग, ३ करोड जनताको मन जित्ने दिए संकेत

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले पूर्बमन्त्री एकनाथ ढकालसंग जोडिएको युनिभर्सल पिस फेडरेसन नाम दिईएको संस्थालाई नेपालमा प्रतिबन्ध लगाउन सरिकारसंग माग गरेका छन् । ०६२ साल मंसिर ७ गते संसद नै नभएको अवस्थामा नेपालमा शान्ती दिवश घोषणा दिएको भिडियो सार्बजनिक गर्दै नेपालीहरुबीच भ्रम सिर्जना गर्न खोजेको दाबी गर्दै उक्त भर्खरैमात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड पुरस्कार दिएर बिबादमा आएको संस्थालाई नेपालमा प्रतिबन्ध लगाउन पुर्बस्वस्थ्यमन्त्री समेत रहेका नेता थापाको आग्रह छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,
‘सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले मेरो ध्यानाकर्षण गरेको छ । उक्त भिडियोको सुरुवातमै १३ बर्ष अगाडि नोबेम्बर २२ ,२००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन(युपिएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएको छ । युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले गर्‍यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ । पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । (स्मरण रहोसस त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो,त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो।) दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ ।

यस्तै उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ – एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुन लाई  सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले बैधानिकता दिएको भनेका छन । नेपालमा इश्वरिय राज्य स्थापना गरिएको भनिएको छ । यो नेपाल र नेपाली जनताको घोर अपमान हो ।

इसाई धर्मसंग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ) अन्तराष्ट्रिय रुपमानै बिवादास्पद र बदनाम संस्था हो । नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्था युपिएफले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेका छन । यसले नेपालको आफ्नो मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेकै छ, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको छ । यस किसिमको गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तराष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ । यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सैह्य हुँदैन । त्यसैले युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाइनुपर्दछ । साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरि आवश्यक कारबाही गर्नुपर्दछ ताकि युपिएफले अहिले गरेको जस्तो दुरुपयोग र दुस्साहस अरुले गर्न नपाउन । अन्त्यमा, उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी अहोदाका ब्यक्तिको भुमिकामाथि अनेकन प्रश्नहरू उठाएको छ । त्यस वारेमा तत् तत् व्यक्ति र निकायले प्रष्ट्याउलान नै तर यस किसिमको विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरे पनि जनताले त्यस्ता मान्छेहरूको हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने नै छन ।”

पूर्बमन्त्री ढकालले केहि हप्ता अगाडि मुलुकका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरु लगायत बिशिष्ट ब्यक्तीहरुलाई प्रभाबमा पारेर काठमाण्डौको पाँच तारे होटलमा कार्यक्रम गरेर जनताबाट आलोचित भएका थिए । गाडी मोटरसाईकल लगायतमा जोर बिजोर प्रणली लागू गरेर जनताकोबीचमा थप आलोचित बनेको ओली सरकारले जनताको ब्यापक दबाबका कारण फिर्ता लिएको थियो । नेता थापाले यसरी उक्त संस्थाका कृयाकलापको बिरोध गर्दै गएपछि ८५ प्रतिशत नेपाली जनताको चाहना अनुसारको हिन्दूलाई आत्मासाथ गर्ने संकेत दिएको अनुमान गर्दा अत्युक्ती नहोला । जनबिरोधी अलोकप्रीय निर्णय जोरबिजोर प्रणाली फिर्ता गराउन समेत नेता थापाले जनतालाई अवज्ञा गर्न सार्बजनिक अपील गरेका थिए । उनको नेतृत्वले नै ओली सरकारले घुंडा टेकेर जोर बिजोर प्रणाली हटाउन बाध्य भएको थियो ।