कर्णाली प्रदेश

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

दैलेख । गुराँस गाउँपालिका–४ लाठेमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। दुर्घटनामा चालक गणेश खड्का घाइते भएका छन्।

घाइतेको खड्कालाई उपचारका लागि सुर्खेत लगिएको छ। बा २ झ १७४० नम्बरको एम्बुलेन्स सडकबाट करिब डेढ सय मिटर तल खसेको छ।

बिरामीलाई कालिकोटबाट सुर्खेतमा पुर्‍याएर फर्कँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।