मनोरञ्जन

म्युजिक अवार्डबाट पाँच पुस्कृत

काठमाडौँ । एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गगन थापाको समेत सहभागीता रहेको थियो । उद्धाटन कार्यक्रम एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मनत्व्य एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उद्धोषण एपि वानका समाचार बाचक निराजन भण्डारीले गरेका थिए ।

कार्यक्रमलाई रौनकता दिनको लागि नेपालमा पहिलो पटक नोमिनेसन कार्यक्रममा रेड कार्पेट विछाइएको थियो । साथमा विभिन्न पुष्प गुच्चाले मञ्चलाई सिगाँरिएको थियो । कार्यक्रममा बरिष्ठ नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ, बरिष्ट निर्देशक मोहन निरौला, बरिष्ट पत्रकार विजय रत्न तुलाधर, चलचित्र निर्माता विधान शाह, महिला उध्यमी उमा श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपालकी अध्यक्ष गीता अधिकारी, पत्रकार सुमन बैरागी, पत्रकार किरण अधिकारी, महिला भिडियो निर्देशक बविता श्रेष्ठ लगायतमा अतिथी रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरु टिभी टुडेका रमेश बस्नेत, एविसी टेलिभिजनका पत्रकार विनोद विश्वकर्मा, साप्ताहिकका कृष्ण भटटराई, नेपाल समाचार पत्रका विदुर गिरी, शुशिल पौडेल कान्तिपुर दैनिक, बरिष्ट पत्रकार विजय रत्न तुलाधर, अनन्त बाग्ले अन्नपुर्ण दैनिक, नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाई लाई सम्मान गरिने पनि घोषणा गरिएको थियो । अवार्ड आगामी माघ ५ गते काठमाडौंको विशेष समारोहमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
एपिक नेपाल म्युजिकको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय गीत, दशैँ गीत आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । कार्यक्रमलाई सफल बनाउनको लागी एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठ, कार्यक्रम निर्देशक राजेन्द्र पुरी, सदस्य ओम श्रेष्ठ, कार्यालय प्रमुख चिरन्जीवी ढकाल, सदस्य सरोज गिरी, सचिव गोकर्ण लामीछाने, मिडिया कोर्डिनेटर रोशन पोखरेल, सदस्य पुस्कर अर्याल लगायतको उल्लेखनीय भुमिका रहेको थियो । प्रमाण पत्र वितहरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार, संगीतप्रेमी तथा चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।