मनोरञ्जन

चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौं । नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरुलाई भिडियोमा फिचरिङ गराइएको छ । विक्रम कार्किको छायाँकन, राजु शाहको नृत्य, देव महर्जनकोद्वन्द्व एस के अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र निमार्ण गरिने भएको छ ।