समाचार

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि

काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन तोलाको ६० हजार रुपैयाँमा कारोेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

हिजो मात्रै सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली बजारमा सुनको भाउ महंगो भएको महासंघले जानकारी दएको छ । आज मंगलबार अमेरीकी १ डलर १ सय १४ रुपैयाँ ४५ पैसामा बिक्री भएको छ । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।