साहित्य

जेवी अनुरागीको गजल-सँधैआधा गास दिए भोकाको कदर हुनेछ

                                                                              गजल

सँधैआधा गास दिए भोकाको कदर हुनेछ ।
अँधेरीमा जुन देखिए उडयको प्रहर हुनेछ ।

नेताले भाषण गर्दैमा चट्टान मैदान बन्दैन,
बरू ईनले गरेका विकासमा तस्कर हुनेछ ।

विकट भनेर सुन्दर हिमाल गाउँ नछोडौ,
बेषिको आजादी सकिए त्यहि शहर हुनेछ ।

हामीले जेगरे स्यीकार हुन्छ भनी ना ठान,
प्रतेक पद्दतीमाथी जनताको नजर हुनेछ ।

सूगमका घमन्डले जातीय हावा न फैलाउ,
पहाडमा धातु भेटिए भोली यो बगर हुनेछ ।

-जेवी अनुरागी
-राजापुर बर्दिया