स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको सचिवमा अधिकारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीले कार्यभार सम्हालेका छन् ।

यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव पदमा कार्यरत थिए । आज कार्यभार सम्हाल्दै उनले संविधान प्रदत्त स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्न सरकारका नीति तथा कार्यक्रम आएकोले यसलाई सबै मिलेर अगाडि बढाउन आग्रह गरे ।

उनले सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य प्रदायक संस्थाबीचमा आगामी दिनमा अझ प्रभावकारी समन्वयको खाँचो औँल्याए । सचिव अधिकारी सहसचिवका रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत रहँदा बीमा कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएका थिए ।