राजनीति

कांग्रेसको आर्थिक नीति केन्द्रीय कार्यसमितिको बैठकबाट पारित

काठमाडौं । नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव समितिको प्रस्ताव सुझाव समेत समेटेर पारित गरेको छ ।
डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सहमहामन्त्री एंव समितिका संयोजक डा. महतले जानकारी दिए ।
यो प्रस्ताव कांग्रेसको महासमितिको मंसिर २८ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।