राजनीति

गृहमन्त्रीको संयोजकत्वमा बन्यो यस्तो कार्यदल, प्रतिबेदन बुझाएपछि लागू गरिने बैठकको निष्कर्ष

काठमाण्डौ । प्रधानमन्त्री कार्यालयमा आईतबारबाट शुरु भएको सातैवटा प्रदेशका मुख्यमन्त्रीसहितको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त अन्तरप्रदेशीय बैठकलले सातैवटा प्रदेशमा भएका समस्या र समाधानका उपायहरुको खोजी गर्ने लगायतको अन्तिम निश्कर्षसहितको प्रतिबेदन बुझाउन गृहमनत्ती रामबहादुर थापाको अध्यक्षतामा कार्यदल बिनाएको छ ।

कार्यदलमा अर्थमनत्ती युवराज खतिवडा, संघीय प्रशासन तथा सामान्य प्रशासन मनत्री लालबाबु पण्डित, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल र प्रदेश नम्बर द्द का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् प्रतिबेदन बनाउन ७ दिन समय पाएको कार्यदलको सदस्यसिचिवमा भने मुख्यसचिब लोकदर्शन रेग्मी रहेका छन् ।

प्रधानमन्त्री ओली लगायतसंग आन्तरिक छलफलपश्चात कार्यदलले ७ दिनभित्र प्रतिबेदन तयार गर्नेछ र प्रधानमन्त्रीलाई बुझाउनेछ उक्त प्रतिबेदन बिस्तारै कार्यवन्वयन हुने छ, सरकारका प्रवक्ता गोकुल बास्कोटाले संचारकर्मलाई बताए ।