आर्थिक

ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

काठमाण्डौ । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा प्रमुख अथिति तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालद्वारा एक कार्यक्रमका बिच मंसिर २३ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

आजै वालिङ नगरपालिका वडा नं ८, वालिङ, स्याङ्जामा मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अथिति वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणज्यू तथा बैंकका अध्यक्ष  हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम् मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम् संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।