मनोरञ्जन

अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक

काठमाडौँ । गायक अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत आज सार्वजनिक भएको छ ।

युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा सङ्गीत पनि अविनाश र मुनाकै छ । भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्सी लामाले अभिनय गरेका छन् ।

राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ । घिसिङको यसअघि ‘कलकत्ते काइलो’ रिमिस्क गीत चर्चित बनको थियो ।