सुदूरपश्चिम

१२ वर्षीय बालक मृत फेला

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालीका–४ अत्तरिया टोलका खडक बमका छोरा अन्दाजी १२ वर्षीय विवेक बम मृत फेला परेका छन्।

छिकेकी जय बहादुर महताको गोठमा विवेक मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरिक्षक भरतबहादुर धामीले बताए।

विवेकको कानबाट खुन बगेको, औलामा चोट लागेको र पिठयुमा निलडाम भएको अवस्थमा शव फेला परेको छ उनले भने, ‘शव शंकास्पद अवस्थमा फेला परेकाले अनुसन्धानको कार्य भैरहेको छ।’

बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको बारे अनुसन्धान भैरहेको उनले बताए। बालक बमको शव घर भन्दा एक सय २० मिटर टाढा छिमेकीको गोठमा फेला परेको प्रहरीको भनाइ छ।