अन्तर्राष्ट्रिय

स्वीडेन वार्तामा ‘प्रगति’ देखिए थप वार्ता हुनेः यमनी विद्रोही

रिम्ब । स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन् ।

सरकारले वार्तामा विश्वासको वातावरण सिर्जना गर्न र यसका लागि आवश्यक ढाँचा तयार गर्न सरकार तयार रहेमा हामी नयाँ चरणको वार्तामा बस्न सक्छौ,” विद्रोही हुथी समूहका प्रवक्ता मोहम्मद अब्देलसलामले पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले थपे, “सकारात्मक वातावरण र विश्वासको अवस्था आएमा आगामी वार्ता केही महिनाभित्रै हुनसक्छ ।”