पत्रपत्रिका

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ ।  नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापरबाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो ।

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घन्टापछि उडान भएको छ ।