कृषि

किसानलाई रु पाँच करोड भुक्तानी

हेटौँडा । मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दूध खरिद गरेवापत किसानलाइ आर्थिक वर्ष २०७४÷७५ मा रु पाँच करोड ५० लाख भुक्तानी गरेको छ ।

संस्थाले नौ लाख ९२ हजार लिटर दूध खरिद गरेवापत सो रकम किसानलाई भुक्तानी दिएको हो । मकवानपुरगढी– ३ मा रहेको सो सहकारी संस्थामा किसान शेयर सदस्य रहेका छन् । एकतीस वर्ष अघि स्थापना भएको उक्त सहकारीका कारण अहिले किसानलाई निकै मद्दत पुगेको संस्थाका अध्यक्ष कृष्ण प्रसादले बताए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले सहकारीका माध्यमबाट किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताए ।