आर्थिक

सबैभन्दा ठुलो बैंक एनआईसी एशियाको शाखा अब झापा बजारमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापा बजार स्थित झापा बजार शाखाको झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहबाट आज एक समारोहकाबिच समुद्घाटन भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७० अर्ब तथाकर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।