मनोरञ्जन

मिस्टर एण्ड मिस मोडर्नको ताज असिम र चाँदनीले पहिरिए

भक्तपुर । भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् ।

सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा दुई दर्जन प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस्टर मोडर्नको ताज नेपाल र मिस मोडर्नको ताज श्रेष्ठले पहिरिएका हुन् । प्रतियोगितामा मिस्टर मोडर्न ट्यालेन्टको ताज सुमन ढुङ्गेल र मिस मोडर्न ट्यालेन्टको ताज भने सकृति श्रेष्ठले पहिरिएको कलेजका प्राचार्य अनिल कसपालले जानकारी दिए।

कार्यक्रममा मोडर्न स्कुल÷कलेजले नेपालका रङ्कर्मी तथा अभिनेता सरोज खनाललाई नगदसहित सम्मान गरेको छ । कलेजका संस्थापक बाबुकाजी कसपाल र प्राचार्य अनिल कसपालले अभिनेता खनाललाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

त्यसैगरी कार्यक्रममा नेपाल आइडल सिजन २ का छैठौं प्रतिस्पर्धी गायक पवन गिरी र भारतको चर्चित टिभी रियालिटी सो सा रे ग म पका एघारौं प्रतिस्पर्धी मेनुका पौडेललाई सम्मान पत्र प्रदान गरी सम्मान गरियो ।
कार्यक्रममा मोडर्नबाट २०७५ सालको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा

प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा ट्राभल एण्ड टुरिजममा प्रथम हुने विद्यार्थीलाई राधेश्याम जोन्छे स्मृति प्रतिस्थापनबाट हरेकवर्ष प्रदान गर्दै आएको नगद १० हजार र ११ विद्यार्थीलाई मोस्ट पन्चुयल अवार्डसमेत प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजन कसपालले जानकारी दिए ।