कृषि

तरकारी खेतीबाट आठ लाख आम्दानी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

चौधरीले वार्षिक रु आठ लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताएका छन् । सरस्वती कृषि सहकारीमार्फत तरकारी खेती शुरु गर्नुभएका चौधरीले हाल वर्षमा तीन याम तरकारी फलाउने गरेको बताएका छन् । “वर्षमा विभिन्न तरकारी तीन याम लगाउने गरेको छु, वर्षमा रु सातदेखि आठ लाखसम्मको आम्दानी हुने गरेको छ,” उनले भने ।

उनले घरमा परिवारले सहयोग गर्ने र उत्पादन भएको तरकारी तुलसीपुर, हापुरेलगायत बजार र गाउँमा बिक्री गर्ने गरेको बताएका छन् । सिँचाइको अभाव भए पनि वर्षात्को पानी सङ्कलन केन्द्र निर्माण गरेर तरकारी खेती गर्दै आएको चौधरीले बताएका छन् ।

उनले यस अघि अरुको काम गर्दा मासिक रु दश हजार कमाउने गरेको भन्दै आफनो व्यवसायबाट धेरै आम्दानी हुने बताएका । उनले परम्परागत खेती बाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको बताएका छन् । ‘‘गरे केहुदैन र यही मनग्य आम्दानी हुन्छ,’’ उनले भने ।

चौधरीले आफुले व्यवसायीक तरकारी खेती सुरु गरेपनि सहयोग भने त्यति नपाएको गुनासो गरे । ‘‘सिँचाईको अभाव छ, कुनै पनि निकायबाट सहयोग मिल्दैन उहाँले बताएका छन् । चौधरीले हाल गोल्भेँडा, गोभी, काउली, खुसानी र आलु खेती गरेको बताएका छन् । चौधरीलाई गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट कृषकको रुपमा छनोट गरी पुरस्कृत समेत गरेको थियो ।