राजनीति

आफ्नै अध्यक्षप्रति बरिष्ठ नेता खनाल देखिए रुष्ट, भन्छन् ‘ओली सरकारले जनताका काम गर्न सकेन’

काठमाण्डौ । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा सरकारले जनताका काम गर्न नसकेको आरोप लगाएका छन् । शनिबार सचिवालय बैठक बहिस्कार गरेर चर्चामा आएका पुर्ब प्रधानमन्त्री खनालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले जनताका काम गर्न नसकेको आरोप लगाएका हुन् । काठमाण्डौको बानेश्वरस्थित एक कार्यक्रममा बोल्दै उनले सरकारले काम देखाउन पुननिर्माणका कामहरु गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।

नकपाको बैठकमा शनिबार उपस्थिित नभएके बिषयलाई कोट्याउदै बैठक बोलाउने र कोही बिरामी हुनेबित्तिकै ३ बजेको बैठक ६ बजे सार्ने वा बैठक नै स्थगीत गर्ने प्रचलनका कारण हजिोको बैठकमा कसैलाई नपर्खिएको उनको दाबी छ ।

नेकपामा विचार हराएको कुरा स्मरण गर्दै महन्थ ठाकुरको पार्टी र नेकपामा के फरक नभएको दाबी गरेका छन् । नेता खनालका विचारमा कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’ विचारलाई पनि पार्टीले स्थापीत गर्दै लानुपर्ने उनको धारणा छ ।
मुलुकमा हुने निर्बाचनमा धेरै नै खर्च हुन थालेकाले सबैले समाजबादी हिसाबले चल्नुपर्ने समय अँएको बताउदै तराईलाई बिखण्डन गर्न अन्तर्राष्ट्रिय शक्ती केन्द्रहरु लागिरहेको दाबी गरेका छन् । उनले भने खुलेआम विदेशी शक्ती केन्द्रहरु अराजक गतिबिध गरिरहेका छन् तर सरकारले थाहा समेत पाउन सकेको छैन । उनको आसय छ यस्ता प्रकारमा मुलुकका लागि अहित हुने काम तुरुन्त बन्द गर्नुपर्छ ।

नेता खनाल कम्युनिष्टबृतमा राष्ट्रबादी नेताका रुपमा परिचित छन् ।