समाचार

राष्ट्रिय जनमोर्चा अध्यक्षमा थापा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन भएका छन्। जिल्लाको गलकोटमा शनिबार सम्पन्न सम्मेलनले २७ पूर्ण र आठ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोखरेल, सह–सचिवमा डिलकुमारी पुन र कोषाध्यक्षमा डिलबहादुर दर्जी रहेका छन् । खिमविक्रम शाही, थम्मन घर्ती, दिपक थापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ती, रुद्राकुमारी क्षत्री लगाएत सदस्यमा चुनिएका छन् ।

सल्लाहकारमा कृष्ण थापा, काजी गाउँले श्रेष्ठ, बेदीलाल सापकोटा, टङ्कबहादुर केसी, टिकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ती र अमर खत्री चयनभएका छन् । सम्मेलनले १७ बुँदे समसामायिक प्रस्ताव पारित गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

नवगठित समितिका अध्यक्ष थापाले यसअघि लगातार तीन कार्यकाल जिल्ला पार्टीको नेतृत्व सम्हालीसक्नुभएको छ । दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए ।