गण्डकी प्रदेश

संस्मसणात्मक निबन्ध सङ्ग्रह मेरा असर्दाहरु बजारमा

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिले संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘मेरा असर्दाहरू’, गजल सङ्ग्रह ‘ठेकी मदानी’ र आधुनिक गीति एल्बम ‘तिर्सना’ बजारमा ल्याएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी) का कार्यालय प्रमुख उपसचिव तिलक पौडेल स्याँर्कोटेको निबन्ध कृति ‘मेरा असर्दाहरू’ साहित्यकार प्रकाश सायमीले पूर्वसेनानी रामजी घिमिरेका ‘ठेकी मदानी’ र प्राज्ञ हरिदेवी कोइरालाले सेनानी घिमिरेकै ‘तिर्सना’ गीति शनिबार लोकार्पण गरे ।

साहित्यकार प्रकाश सायमीले सरकारी सेवामा रहँदारहँदै त्यही कार्यालयमा भएका विकृति विसङ्गतिलाई लिएर निर्धक्कका साथ कलम चलाउने तिलक तथा एउटा हातमा बन्दुक र अर्को हातमा कलम लिएर सिर्जनायात्रामा लाग्ने रामजी घिमिरेले नेपाली साहित्यलाई समृद्ध तुल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन्।

प्र्राज्ञ हरिदेवी कोइरालाले पोखरेली र स्याङ्जाली भूमिमा जन्मेका स्रष्टाद्वय पौडेल र घिमिरेको सिर्जना यात्राले नेपाली समाज, संस्कार संस्कृति र साहित्य क्षेत्रमा देखिएका विकृति विसङ्गतिलाई अन्त्य गर्न सच्चा पहरेदारी गर्ने उल्लेख गरे ।