मनोरञ्जन

मिस वल्र्डको ताज पवहिरिईन् मेक्सिकोकी भनिसाले, श्रृंखला टप १२ मा सिमित

काठमाडौं । मिस वल्र्डको उपाधि मेक्सिकोकी २६ बर्षीया भनिसा पोन्सले उपाधि जितेकी छन् । मिस मेक्सिको भनिसा बेलारुसले विश्वभरका सुन्दरीहरुलाई बिभिन्न चरणमा पछार्दै विश्व सुन्दरी बन्न सफल भएकी हुन् । नेपालबाट मिस वल्र्डमा भाग लिन सफल भएकी श्रृंखला खतिवडा टप १२ मा पर्न सफल भईन् भने बेलारुस युगाण्डा, जमाईका, थाईलयाण्ड लगायतका मुलुकहरुलाई उनले पछि पार्दै ताज जितिन् ।
चीन रभारतका सुन्दरीलाई भने नेपाल सुन्दरीबाट भाग लिएकी श्रृंखलाले उछिनिन् । श्रृंखलालाई विश्वभरबस्ने नेपालीहरुले उत्शुक्ताका साथ मतदान गरेपनि अन्तिममा उनले विश्वसुन्दरीको ताज पहिर्याउन सकिनन् ।