मनोरञ्जन

शुक्रवारबाट नेपाली चलचित्र प्रसाद प्रदर्शन

काठमाडौँ । नेपाली चलचित्र प्रसाद शुक्रवारबाट प्रदर्शमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भए सगै चलचित्र बजारमा प्रसादको चर्चा थाप चुलिएको थियो । चलचित्रमा समाबेश गीतलाई पनि दर्शकले रुचाएका छन् ।

नेपालमा प्रदर्शन हुन अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो । हला पनि विभिन्न देशहरुमा चलचित्रको माग भइरहेको निर्देशक दिनेश राउत बताउछन् । चलचित्रमा लागेको करिव आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ ।

हाल पनि युरोपियन मुलुकहरुमा चलचित्रकोे उच्च डिमान्ड भइरहेको निर्देशक राउतको भनाइ छ । चलचित्रमा निस्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र सोहि कारण आइ परेका विभिन्न उतार चडापहरुको कथा प्रस्तुत गरेको छ ।

चलचित्रमा विपिन कार्कीले ग्रामीण भेगको एक दलित युवाको भुमिका निर्वाह गरेका छन् । यता नयिका नम्रता श्रेष्ठ उनै विपिनकी श्रीमतीका रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रको कथा विपिन,नम्रता र निश्चलकै वरिपरि घुमेको छ ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत रहेको छ ।