राजनीति

लोकतान्त्रीक ईन्जिनियर प्रधानको नेतृत्वको समूहलाई मतदान गर्न तरुण दलको अपील

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आउदै गरेको नेपाल ईन्जिनियर एसोशिएसनको निर्बाचनमा लोकतान्त्रीक समूहका हिरेन्द्रमान प्रधान नेतृत्वको समूहलाई अत्याधिक मतदान गरेर विजय गराउन देशभरका प्रतिनिधिलाई आग्रह गरेको छ ।

केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेपाल ईन्जिनियर्स एसोसिएसनको मंसिर २८ गते हुनगैरहेको ३२ औंं कार्यसमितिको निर्वाचनका लागि लोकतान्त्रिक समुहबाट प्रा. ई. हिरेन्द्र मान प्रधानले नेतृत्व गर्नुभएको लोकतान्त्रिक समुह (केन्द्र तर्फ) र ‭प्रदेश तर्फलाई मतदान गरि विजय गराउन सहयोग गर्न ७७ वटै जिल्लाका तरुण नेताहरुलाई निर्देशन समेत दिएका छन् ।

लोकतान्त्रीक समूहमा यस्तो छ टिमः
प्रदेश न १ः ई. यशवन्त बिक्रम शाह, प्रदेश न २ः ई. मनोज कुमार दास, प्रदेश न ३. ई. सुबास चन्द्र बराल, प्रदेश न ४. ई. राजेश भट्टराई, प्रदेश न ५. ई. कुसुम राज ज्ञवाली, प्रदेश न ६. ई. हरि के.सि., प्रदेश न ७. ई. लव प्रसाद जोशी लगायतले नेतृत्व गर्नुभएको लोकतान्त्रिक समुहलाई केन्द्र र सातैवटा प्रदेशमा अत्यधिक मतले बिजयी गराउन सम्पुर्ण लोकतन्त्रबादी ईन्जिनियरहरुमा हार्दिक अनुरोध समेत अध्यक्ष बस्नेतले गरेका छन् ।