समाचार

काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम

काठमाडौं । काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।

काठमाडौंको शनिबार बिहानको तापक्रम ५ दशमलब २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति ५ दशमलब ५ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आज पनि घटेको हो । अब तापक्रम घट्ने क्रम निरन्तर रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार काठमाडौंको तापक्रम सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम माइनस ३ दशमलब ५ डिग्रीसम्म पुगेको इतिहास छ ।

गएको वर्ष पुस २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो । यसैबीच अहिले धेरै ठाउँमा हुस्सु लागेको छ । यो विस्तारै हटेपछि पहाडी भूभाग बाहेकका ठाउँको मौसम सफा रहनेछ ।

पहाडी भूभागको मौसम भने आज पनि आशिंक बदली रहने मौसमविद् कँडेलले जानकारी दिइन ।