राजनीति

एकैदिन नेकपाका हजार कार्यकर्ता काँग्रेसमा, प्रदेश-१ काँग्रेसमय बनाउन जुटे डा. शेखर र गगन

बिराटनगर । प्रदेश नम्बर १ को राजधानी मानिएको मोरङ्ग र बिराटनगरमा नेकपाबाट काँग्रेस प्रबेश गर्ने नेता कार्यकर्ताहरुको लहर लागेको छ । मुख्यमन्त्री शेरधन राई प्रदेश सरकार हाँकिरहेका र केन्द्र सरकारमा पनि नेकपाकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपनि नेकपाको कार्यशैलीप्रति असन्तुष्ट रहेका दुई केन्द्रीय सदस्य सहित एक हजार भनदा बढी नेकपाका कार्यकर्ता काँग्रेस प्रबेश गरेका छन् ।

नेकपाका नेता समेत रहेका शेरधन राई पछिललो समयमा एउटी महिलाको काण्डमा तानिएको भिडियो सामाजिक संजालमा भाईरल बनेको छ भने उनी केहीदिन अगाडिमात्र उपचारका लागि बैंकक जान्छु भनदै अमेरिका गएपछि बिबादमा तानिएका थिए । नेकपाको दुईतिहाई सरकार केन्द्रमा छ भने सातैवटा प्रदेश र स्थानीय तहमा नेकपाकै बहुमत सरकारहरु भएपनि ठूला कुरा गर्ने र काम नहुने भनदै देशभर नेकपाका ईमान्दार नेता कार्यकर्ताहरु काँग्रेस प्रबेश गर्न थालेको मोरङ काँग्रेसले जनाएको छ ।

पुर्ब केन्द्रीय सदस्य रामकुमार न्यौपाने, मित्रसेन योन्जनसहित हजारौं कम्युनिष्ट नेताकार्यकर्ताहरु काँग्रेस प्रबेश गरेको समाचार आएपछि प्रदेश नम्बर १ नेकपा आत्तिएको नेकपा स्रोतको दाबी छ ।
नब प्रबेसीहरुलाई नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईराला र युवा केन्द्रीय सदस्य गगन थापाले टीका लगाएर एक कार्यक्रमकाबीच पार्टी प्रबेश गराएका थिए ।

काँग्रेस प्रबेश गाउने कार्यक्रममा बोल्दै डा कोईरालाले भने ओली सरकारको परराष्ट्रनीति निकम्मा भएको बताउदै आफ्नै कारणले ओली सरकार संकटमा पर्दै गएको दाबी गरेका छन् । ओली सरकारले जेपायो उही बोल्ने तर काम भने केही नगर्ने दूरगामी सोच नराखेको डा. कोईरालाको तर्क छ । अर्का प्रभाबशाली युवा केन्द्रीय गगन थापाले एक करोड पुरस्कार लिने कार्यक्रमदेखी ओली सरकारलाई नैतिक रुपमा पदमा बस्ने अधिकार नभएको बताएका थिए । उनले भने ओली सरकार निर्मला पन्त, वाईड बढी लगायत सबै तिरबाट पूर्णतः फेल भएको दाबी गरेका छन् । घुमाउरो पारामा युवा नेता थापाले प्रधानमन्त्री ओलीको राजनीनामा समेत माग गरेका छन् । स्वास्थ्यकर्मी तथा युवा नेता सुनील शर्माले आउदो निर्बाचनमा काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका थिए ।

काँग्रेसबृतमात्र नभएर आम जनमानसमा लोकप्रीय छवि बनाएका डा. कोईराला र गगन थापाले प्रदेश नम्बर १ लाई काँग्रेसमय बनाउने अभियानमा जुटेको एक काँग्रेस नेताले सुर्यखबरलाई बताए ।