राजनीति

काँग्रेसमा दुईपटक भन्दा बढी निर्बाचनमा लड्न नपाउने ब्यवस्था अत्यन्त जरुरीः नेता राठोर

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलियो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नु पर्ने बताएका छन्। पटक पटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने ?

राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको हो की आफु पदमा बसिरहनका लागि भन्ने प्रश्न बैठकमा नेता राठोरले गरे पटक पटक एकै ब्यक्ति माननीय र मन्त्री बनी रहने पदलोलुप प्रबृतिप्रति प्रहार गर्दै केन्द्रीय सदस्य राठोरले भने ‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन नपाउने, केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधा लिन नपाउनु पर्ने बिधान बनाउनुपर्ने  बताए ।

बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्नु पर्नेमा नेता राठोरले जोड दिए। निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्ष उमेर लगाउनु पर्ने भन्ने अभियान चलाउनेहरू प्रति संकेत गर्दै उनले ( को हो ? कस्क़ो नेतृत्वमा जाँदा कांग्रेसले चुनाव जित्छ ? को हुनुहून्छ मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्ने ? ल आऊनुहोस छलफल गरौ, अझ अगाडि मीडियामा चर्चामा आऊँन चाहने युवानेताहरू प्रति संकेत गर्दै भने बाहिर बाहिर पार्टी सुधार्छौ भन्ने केन्द्रीय समिति बैठकमा बोल्न नसक्ने, नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हुन्छ सुधार ? त्यसैले पार्टी भित्र अनुशासन हुनु पर्यो, जनताको पक्षमा सबै मिलेर काम गर्ने बाताबरण हुनुपर्यो भन्ने उनको धारणा थियो। \

आजको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेस्ठ , प्रकाशमान सिंह, दीपक गिरी, मोहन बस्नेत लगाएतले आफ्नो धारणा राखेका थिए ।