आर्थिक

ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा

काठमाण्डौ । ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । कपुरकोट गाउँपालिका वडा नं ३, सल्यानमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीद्वारा एक कार्यक्रमका बिच आज संयुक्त रुपमा उद्घाटन भएको छ ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम् मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।