समाचार

जापानी सम्राटको जन्मोत्समा उपराष्ट्रपति र परराष्ट्रमन्त्रीको सहभागीता

काठमाडौँ । जापानी सम्राट अकिहितोको ८५औँ शुभ जन्मोत्सका अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आज यहाँ स्वागत समारोहको आयोजना गरे।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सो समारोहमा उपस्थित थिए ।

त्यसैगरी समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालमा रहेका जापानी नागरिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै जापानी राजदूत मासामिची साइगोले जापान नेपालको एक हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायतका विविध क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताएका छन् ।

उहाँले एक मित्रराष्ट्रका रुपमा जापानले समृद्ध नेपाल हेर्न चाहेको भन्दै यसका लागि आगामी दिनमा पनि जापानले नेपालको सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।