राजनीति

मुलुकमा सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो- नेत्री सङ्गौला

रुपन्देही । प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेत्री डिला सङ्ग्रौलाले मुलुकमा सुशासन कायम नहुँदा दण्डहिनता बढेको बताएकी छन् ।
आज बुटवलमा आयोजित एक कार्यक्रममा उनेले सरकारले जनतालाई विकास र समृद्धिसँग जोड्न नसकेको टिप्पणी गरिन् । सरकारले अपराधीलाई संरक्षण नदिइ कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनले कानून कार्यान्वयन भए मुलुकमा अपराध न्यूनीकरण हुने विचार व्यक्त गरिन्।
सङ्ग्रौलाले मुलुकमा भइरहेको हिंसा, हत्या र बलात्कारविरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट आवाज उठाउने बताएकी छन् ।