साहित्य

जेवि अनुरागीका ५ मुक्तक

                                                           -जेवि अनुरागी
                                                           -राजपुर बर्दिया

मुक्तक १

हाम्रो देसका युवाको जोस जफतमा देखिन्छ ।
अनि पो काल पर्खेको नेता सफतमा देखिन्छ।
जिन्दगी दिन्छु भन्नेले रखेलको दर्जा दिएपछि,
सम्भावना बोकेको मान्छे फगतमा देखिन्छ ।

सोचे महमाथी नुनको लेप भयानक हुन्छ ।
बिछोड सही आसाको रेप भयानक हुन्छ ।
विकास रोजगारमा जातीय नारा बन्द गर,
फूल सित मालीको आछेप भयानक हुन्छ ।

उदय जोसिलो थियो छाक टार्नमै थाक्यो ।
शहर पड़नेछोरा सुन्दरता चार्नमै थाक्यो ।
कति सम्झाए गरिबलाई न्याय मिल्दैन भनी,
बुढेसकालको सहारा फैसला हार्नमै थाक्यो ।

वाले मुग्लान पठाउँदा चांडै आउनु भन्थिन आमा ।
हामी अकालै मरे पछि धुरी छाउनु भन्थिन आमा ।
म बाध्य भएर छाक सित इमानको सौदा गर्न पुगे,
तर पहिचान बेचेर महल न लाउनु भन्थिन आमा।

फूलको आशमा कोपिला जोगाई राखे ।
फुलेन कहिलै त्यो शीला जोगाई राखें ।
थियो कसैको चाहत मनमा कज बस्यो,
चोट बिर्सेर उ प्रति हौशला जोगाई राखें ।