पत्रपत्रिका

विद्युतीय बसलाई २० ठाउँमा ‘चार्जिङ स्टेसन’

काठमाडौं । विद्युतीय सवारीसाधन चार्ज गर्ने सुविधाका लागि विद्युत् प्राधिकरणले देशभरका २० स्थानमा चार्जिङ स्टेसन राख्ने भएको छ।

स्टेसनका लागि आवश्य जग्गा खोजी भइरहेको प्राधिकरणले जनाएको छ। ‘एउटै गाडी चार्ज हुन एकदेखि डेढ घण्टा लाग्छ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘त्यसैले प्रत्येक स्टेसनका लागि बस र कार गरेर कम्तीमा १० वटा सवारीसाधन एकैपटक चार्ज गर्न मिल्ने स्थान खोजिरहेका छौँ।’

स्टेसन मुख्य शहरभन्दा केही बाहिर पर्नेगरी व्यवस्था गर्न लागेको उनले बताए। पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र १० र उपत्यकाबाहिर १० चार्जिङ स्टेसन राख्ने तयारी छ।

आफ्नै स्थानीय कार्यालयका जग्गा उपयोग गर्ने प्राधिकरणको तयारी छ। आफ्ना कार्यालय नभएका स्थानमा नगरपालिका र केही सार्वजनिक संस्थानहरूसँग छलफल भइरहेको प्राधिकरणले जानाएको छ। आर्थिक अभियान दैनिकमा खवर छ ।