मनोरञ्जन

बलिउड गायक मिका सिंह यौन शोषणको आरोपमा पक्राउ

काठमाडौँ । बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ ।

मिका सिंहलाई एक किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् । ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो ।