अन्तर्राष्ट्रिय

‘बेलायतले एकतर्फी रूपमा इयूमा फिर्ता हुन सक्छ’

लम्जेम्वर्ग । बेलायत यूरोपेली यूनियन (इयू) बाट फिर्ता हुन चाहेमा एकतर्फी निर्णय गरेर अघि बढ्न सक्छ वा सक्दैन भन्ने बिषयमा यूरोपेली न्यायालयले आगामी सोमबार निर्णय दिने बताइएको छ ।

संसदमा ब्रेक्जिटबारे इयूसँग हालै गरिएको सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुनुभन्दा एक दिन अघि उक्त निर्णय दिने अपेक्षा गरिएको हो ।

यूरोपको उच्च अदालतलाई यूरो क्षेत्रलाई नियमन गर्न बनाइएको कानूनको ‘धारा ५०’ सक्रिय भएको अवस्थामा के बेलायतले उक्त प्रक्रियाबाट फिर्ता हुन सक्छ भनी मागिएको रायमाथि डिसेम्बर १० मा निर्णय दिनसक्ने बताइएको हो ।

वरिष्ठ अधिवक्ता तथा संघका एक वरिष्ठ कानूनी सल्लाहाकारले बेलायतले चाहेमा आफ्नो ब्रेक्जिट यात्रालाई एकतर्फी रूपमा स्थगित गर्न सक्ने यस पहिले नै जनाइसकेका थिए ।

तर यसबारे निर्णय हुनुभन्दा पहिले यूरोपेली संघको न्यायालयले निर्णयलाई स्वीकार गर्नसक्ने भनी पहिल्यै बाटो खोल्न भने जरूरी हुने ब्रेक्जिट विरोधी स्कटल्याण्डका राजनीतिज्ञहरूको आग्रहमा उनले बताएका हुन् ।

संघको २६ न्यायाधीश रहेको अदालतले बेलायती सांसदको अख्तियारलाई स्वीकार गर्ने वा नगर्ने भनी निर्णय सुनाएपछि बहसले नयाँ उचाइ लिनेछ ।

प्रधानमन्त्री टरिजा मे ले इयूसँग सम्झौता गरेको र बेलायतको संसदमा शुरू भैसकेको यो बिषयलाई पास गराउन बेलायती प्रधानमन्त्री लगायतको एक समूह लागिपरेको छ भने अर्को विपक्षी समूह र सत्ताधारी दलकै केही नेताहरू सम्झौताले बेलायतलाई कमजोर बनाउने जिकिर गरिरहेका छन् ।

मे ले आफु ब्रेक्जिटबाट फिर्ता हुने कुनै योजना नरहेको बताउने गर्नुभएको छ तर यूरोप समर्थक र केही यूरोप विरोधी सांसदहरूले नै सम्झौताको विरोध गर्दै आएका छन् ।

न्यायालयले ब्रेक्जिटलाई स्थगित गर्ने वा रोक्ने बिषयमा पनि निर्णय दिन सक्नेछ । तर यसका लागि इयू समूह अन्तर्गतका सम्पूर्ण (२७ वटै) सदस्य राष्ट्रबीच एकमत हुनु जरूरी हुनेछ । अन्यथा प्रक्रिया आगामी मार्च २९ मा सिधै प्रवेश गर्नेछ ।