राजनीति

काँग्रेस बैठकमा आजपनि बिधानको बिषयमा नेताहरुबीच तीब्र छलफल, शुक्रबार पुनः बस्ने

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बसेको छ । मंसिर ९ गतेदेखि लगातार बसेको विधान संशोधन मस्यौदामा केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरू— अर्जुननरसिंह के.सी., दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, जीवन परियार, सुजाता परियार, बीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७५ मंसिर २१ गते शुक्रबार विहान ११ः०० बजे पुनः बस्नेछ ।