आर्थिक

एनएमबि बैंक र नेपाल घरेलुबीच वित्तीय साक्षरता कार्यक्रम गर्ने सहमती

काठमाण्डौ । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।

एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यमाझ संचालन गर्नेछ जसमध्ये नौ हजार सदस्यहरु महिला उद्यमी रहेका छन् ।

वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका विश्वास बैंकले लिएको छ ।

आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महा सचिव डम्बर प्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेको छ । एनएमबि बैंकमा एफएमओ, नेदरल्याण्ड्ससँग १७% लगानि रहेको छ र बैंक लगातार २०१७ र २०१८ को लागि ”बैंक अफ दि एयर“ अवार्डबाट सम्मानित भएकोे छ । हाल यस बैंकले ११० शाखा कार्यालयहरु मार्फत् देशभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।