प्रवास

फिनल्याण्ड कुपिओ शहरमा रचना वाचन

काठमाडौँ । कवयित्री एवम् गीतकार पुष्पा खनालले आफ्ना कविता र गीत सिर्जना फिनल्याण्डस्थित कुपिओ शहरमा साहित्यानुरागीका बीचमा प्रस्तुत गरेका छन् ।

पहिलो पटक स्वदेशबाहिर अङ्ग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना रचनालाई सो शहरमा बुधबार प्रस्तुत गरिएको कवयित्री खनालले जानकारी दिए ।

सो कार्यक्रममा दुई दर्जनभन्दा बढी रचना वाचन गरेको उनले बताए । सर्जक खनालले हालसम्म दुई सयभन्दा बढी गीत तथा कविता रचना गरिसकेका छन् । उनका विभिन्न गीत रचना गायक अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइराला लगायतले स्वर भरिसकेका छन् ।

नेपाली कला, संस्कृति र समाज चिन्न र बुझ्न कवयित्री खनालका एकल कविता वाचनले सहयोग गरेको बताइएको छ । कार्यक्रममा फिलिपिन्सका नागरिक तथा त्यहाँ रहेका नेपालीको सहभागिता थियो ।