प्रदेश 2

राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने माग

जनकपुरधाम । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने बताएका छन् ।

आगामी राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङक कार्यालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठीमा मन्त्री सोनारले जनगणनाको प्रश्नावली सामाजिक विविधतायुक्त हुनुपर्दछ भने।

सङ्घीयता अनुरूपको यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिँदै उहाँले यथार्थले ओतप्रोत तथ्याङ्क ऐना झैँ हुने र यसले समृृद्धिको यात्रालाई सघाउ पु¥याउने धारणा राखे । जातजाति, रोजगार, युवा पलायन, युवा, वृद्ध, प्रौढ, स्वास्थ्यचौकीमा पहुँच, धर्मान्तरण, भाषा, वन, अव्यवस्थित बसोबास, कृषिलगायत अवस्थाको तथ्याङ्क वास्तविकतामा आधारित हुनुपर्ने मन्त्री सोनारको भनाई थियो ।

केन्द्रीय तथ्याङ्क विभाागका निर्देशक ढुण्डीराज लामिछाने आगामी जनगणना राष्ट्रिय जनगणनाको तथ्याङ्क सङ्कलनमा पूर्ण गणना विधिको प्रयोग, घर तथा घरपरिवार सूचीकरण, व्यक्तिगत गणना र बहुनमूना दृष्टिकोण अपनाइने योजना रहेको जानकारी दिए । अर्का निर्देशक शङ्करलाल श्रेष्ठ र धनुषा जिल्लाका तथ्याङ्क अधिकृत प्रवीणकुमार चौधरीले आगामी राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनले एकीकृत तथ्याङ्क प्रणालीको विकासमा टेवा पु¥याउने धारणा राखे।