समाचार

उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूत होङको बिदाइ भेट

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) परियोजनामा हस्ताक्षर तथा नेपाल र चीनबीच व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

चीनका राजदूत होङले विकास र समृद्धिको यात्रामा नेपाल अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी भएको बताउँदै उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र यसमा आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।