समाचार

रोजगारका लागि महत्वपूर्ण मानिएको सूचना प्रबिधिको बिकासमा कुनै कसर बाँकी राख्दैंनौः मन्त्री बिष्ट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सूचना प्रविधि युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको सुधार र व्यवस्थापन गर्न सरकार तयार रहेको बताए । सूचना प्रविधिको विकास र औचित्यलाई सबैले स्वीकार्नु अनिवार्य भएको बताउँदै उनले भने, “प्रविधिले सुशासन कायम गरी विकृति विसङ्गति अन्त्य गर्न धेरै सहयोग पु¥याएको छ । प्रविधिको प्रयोगमार्फत सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक छ ।”

श्रमिक र रोजगारदातालाई नयाँ ¬ढङ्गबाट परिभाषित गरिनु पर्नेमा जोड दिँदै उनले श्रमिकले अपनत्व महसुस गर्ने गरी रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध कायम गर्न आवश्यक रहेको बताए । उनले भने, “पछिल्लो समय रोजगारदाता र श्रमिकको सम्बन्ध हार्दिक हुँदै गएका छन्, श्रमिकले अतिरिक्त कामको अतिरिक्त ज्याला, बोनस प्रणाली र कामका आधारमा हिस्सेदारी प्राप्त गर्ने अवस्था यसैका उदाहरण हुन् ।”

कम्प्युटर एशोसिएन अफ नेपाल (क्यान) का अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताउँदै यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।